arrow

दुई युवतीको ज्यान लिने सवारी चालक जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
Kaski Court.jpg
तस्बिर-फाइल

पोखरा । जिल्ला अदालत कास्कीले सवारी ज्यानसम्बन्धी मुद्धामा एक सवारी चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले चालकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत मंसिर २४ गते पोखराको लेखनाथमा सवारी दुर्घटनमा दुई युवतीको ज्यान गएको थियो । दुर्घटनापछि कार चालक मानबहादुर बानियाविरुद्ध उजुरी परेको थियो ।

बानियाले चलाएको कारको ठक्करबाट गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको ज्यान गएको थियो ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको अनिशा र भवना सवार ग१३प ३५७८ नम्बरको स्कुटरलाई उक्त दिँदा दुर्घटना भएको थियो ।

यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ