arrow

विभिन्न मुलुकसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन समितिको निर्देशन [भिडियो]

नेपाल-भारत सम्झौताको विषयहरू जानकारी गराएका प्रचण्डप्रति आभार प्रकट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
bimala-samiti-new.jpg

काठमाडौँ । संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरू भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रीतलिपी उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइन् । उनले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

उनले भनिन्, ‘भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्रीलाई आभार प्रकट गर्ने ।भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप यस समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने । नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग सन्धि सम्झौताहरू सम्झौता भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण यस समिति सचिवालयमा उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने ।’

समितिले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आभार प्रकट गर्ने निर्णय पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ