arrow

पिचमै गयो ब्याट्सम्यानको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
cricketer-died-2080-09-25.jpg

काठमाडौँ । एक क्रिकेट खेलाडीको रन लिँदा पिचमै मृत्यु भएको छ । भारतको नोयडाका ३४ वर्षीय ब्याट्सम्यानको पिचमा रन लिँदालिँदै हृदयाघात हुँदा तत्काल उनको मृत्यु भएको हो । 

उनी पेशाले इन्जिनियर विकास नेगी हुन् । नोयडामा भइरहेको कर्पोरेट लिग खेलका क्रममा उनको निधन भएको हो । 

खेलाडीहरुले तत्काल उनलाई सीपीआर (कार्डियोपल्मोनरी रिसस्साइटेसन) दिए पनि बचाउन सकेनन् । उनलाई एकछिन जमीनमै बसाए पनि सुधार नभएपछि नजिकको अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

१४ औँ ओभरको खेल चलिरहँदा नेगीले ७ रन बनाइसकेका थिए । साथीले चौका प्रहार गरेपछि बधाई दिन गएका नन स्ट्राइकमा रहेका नेगी बधाई दिन नपाइ ढले । 

यसैबीच सोमबार मुम्बईका ५२ वर्षीय फिल्डरको टाउकोमा बल लाग्दा मृत्यु भएको थियो । जयेश चुन्निलालको बलले लागेर मृत्यु भएको हो । मैदानमा दुई खेल चलिरहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ