arrow

लक्ष्मी सनराइज बैङ्कको २३औँ साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
laxmi-sunrise-agm-2023-2080.jpg

काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कको २३औँ साधारण सभा पौष २६, २०८० मा काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९-८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ।

साथै साधारण सभाले संस्थापक शेयर धनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयर धनीको तर्फबाट श्रीमती स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ।

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ