- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूकी पत्नी गंगामायाको अन्तिम संस्कार गरिएको छ । मन्त्री लिम्बूकी पत्नी गंगामायाको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो ।
उनले मोरङको चिसाङ खोलामा दाहसंस्कार गरिएको हो । उनका छोरा मन्जिल लिम्बूले दागबत्ती दिएका थिए ।
लामो समयदेखि कलेजेको क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको थियो ।
मन्त्री लिम्बू भने काठमाडौँमै रहेका कारण शुक्रबार बिहानमात्र घर आइपुगेका थिए । थिए ।
दाहसंसकार कार्यक्रममा नेपाली कांग्रेस मोरङका अधिकांश नेताहरु पुगेका थिए ।
लिम्बूका १ छोरा र १ छोरी रहेका छन् ।