arrow

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
ncell-jhatta-recharge-bonus.jpg

काठमाडौँ। एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले मङ्गलवार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन्। यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।
 
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मङ्सिर २५ बाट सञ्चालनमा ल्याइएको थियो। अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरूलाई ठूलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ