arrow

प्रजिअ रुद्रादेवीले लिइन् सरकारी कार्यालय र स्थानीय तहमा सूचनाको हक कार्यान्वयनमा अग्रसरता

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष २९ आइतबार
kavre-right-to-information.jpg

काभ्रेपलाञ्चोक । जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहमा समेत सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्था कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अग्रसरता लिएको छ ।

कतिपय कार्यालयमा ऐनमा भएको व्यवस्था बमोजिम सूचना अधिकारी नै नराखेको, कार्यालयको सूचना नै वेबसाइटमा नराखिएको, अद्यावधिक नभएको र ऐनको व्यवस्थाबारे जानकार नभएको पाइएपछि बैठक राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा भएको बैठकले सबै कार्यालयहरुमा सूचना अधिकारी तोकिए नतोकिएको विषयमा छलफल गर्दै नतोकिएको कार्यालयले शिघ्र निर्णय गरी सूचना अधिकारी तोक्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

सूचना अधिकारीको व्यवस्था, सम्पर्क नम्बर, सूचना मागको विवरण लगायत सूचनाको हक कार्यान्वयनको अवस्थाको जिल्ला हुलाक कार्यालयबाट अनुगमन गरी १ हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पठाउने निर्णय बैठकले गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, नियमले तोकेको सार्वजनिक निकायको दायित्व बमोजिम नियमित रुपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्ने, सबै निकायले सूचना मागको र सूचना प्रवाहको विवरण छुट्टै अभिलेख राखी त्रैमासिक–वार्षिक रुपमा प्रतिवेदन जिल्ला प्रशासन कार्यलयमा पठाउने निर्णय बैठकले गरेको छ ।

कार्यालयहरुका वेबसाइटमा राखिएका विवरणहरु नियमित अध्यावधिक गर्ने, सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको पहुँचलाई सहज र सरल तथा प्रभावकारी बनाउन सबै सूचना अधिकारीले प्राथमिकता दिएर कार्य गर्ने, सबै स्थानीय तहहरुबाट स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवहरुकोसमेत सम्पर्क नम्बर राख्न स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ