arrow

कृष्णपुरमा ब्यापक भ्रष्टाचारको गन्ध, नेविसंघले प्रयोग गरेको सूचनाको हकको बेवास्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
krishnapur-nagarpalika-nsu-.jpg

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेको चरम खर्चको विवरण दिन बेवास्ता गरेको छ । 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सूचनाको हक सम्बन्धी ऐनको दफा ३ बमोजिक नागरिक हक प्रयोग गर्दै सार्वजनिक चासोको विषयको सूचना मागे पनि १५ दिन बितिसक्दासमेत कार्यालयले सूचना दिन बेवास्ता गरेको हो । 

गत असार ४ गते मागिएको सूचनामा नेविसंघले आर्थिक वर्ष २०७९–८० को महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनमा खाना तथा विविध खर्च शीर्षकमा २९ लाख ६२ हजार ८५६ रुपैयाँ खर्च भएको उल्लेख भएकाले रकम खर्च गर्नमा संलग्नहरुको नामावली र खर्च औचित्यसहितको विवरण दिन माग गरेको थियो । 

त्यस्तै इन्धन खर्च भनेर १ करोड ३१ लाख ८३ हजार खर्च भएको भन्दै त्यसको औचित्य पुष्टिको पनि प्रमाण खोजिएको छ भने आर्थिक सहायताका नाममा नगरपालिकाले कार्यविधि नै बनाएर ८२ जनालाई जनही ३ हजारदेखि १० हजार रुपैयाँसम्म दिएको भन्दै पाउनेहरुको नाम, पद र खर्च रकम माग गरिएको छ । 

१५ दिनसम्म पनि जवाफ नपाएपछि नेविसंघले प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक कारबाही तथा सूचना उपलब्ध गराउन निवेदन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ