arrow

हेमन्त प्रधान स्मृति भलिबलको उपाधि चितवनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
volleyball-hemant-cup-2080.jpg

काठमाडौँ । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधि चितवनले जितेको छ । दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधि चितवनले जितेको हो । फाइनलमा चितवनले रामेछापलाई हरायो । 

पुस २६ गतेदेखि चलिरहेको प्रतियोगिताको उपाधि विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र पाएको छ । दोलखाले सान्त्वना स्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ। 

चितवनका नवीन महतो सर्वोत्कृष्ट खेलाडी भएका छन् । बेष्ट स्पाइकर रामेछापका रोशन मगर, बेष्ट सर्भर  सिन्धुलीका सरोज हायू, बेष्ट सर्टर चितवनका मन्जिल गुरुङ,  बेष्ट ब्लकर चितवनकै मनिष राई र बेष्ट डिफेन्डर रामेछापका माइकल आले भएका छन् । 

तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क) ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधि विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गरेका थिए। 

प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ