arrow

लक्ष्मी सनराइज बैंकले थाल्यो ई-कमर्स अक्वायरिङ सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
laxmi-sunrise-2080-10-05.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ ।

यो सेवा नेप्स र VISA को सहायक संस्था, Cyber source सँगको सहकार्यमा विकास गरेको जनाएको छ । यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीको निम्ति ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् ।

उपभोक्ताले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ ।

लक्ष्मी सनराइज बैंकले देशभर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ