arrow

रवि भन्छन् : रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
rabi-lam.jpg
तस्बिर-फाइल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन् । 

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताए । 

अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो । 

उनले भने, “मानिसको बस्ती र जनतालाई असर नगर्ने गरी काम गर्न सक्नु नै वास्तविक विकास हो ।” विकासको विरोध हुनु सही नभए पनि विकास गर्दा सामजस्यता कायम गर्नुपर्ने उनको भनाइ थियो । 

फरक प्रसङ्गमा उनले अहिले रास्वपालाई सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षाको विषय चिन्ताको बिषय भएको बताए । 

सहकारीमार्फत लाखौं ठगिएको विषयमा आफूहरूले सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउने तयारीमा रहेको उनले जानकारी दिए । 

उनले भने, “बचतकर्ताको बचतको सुरक्षा राजनीतिक दल, दलका प्रतिनिधि, जनताको प्रतिनिधिकाका साथै जिम्मेवार व्यक्तिका रूपमा मेरो प्राथमिकताको विषय हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ