arrow

रारामा पुगे ३९२ पाहुना चरा [फोटोफिचरसहित]

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० माघ ९ मंगलबार
rara-guest-birds-(19).jpg

मुगु । चिसो छल्न रारा आएका पाहुना चराहरुको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरुको गणना गरेको हो । 
 
गणना कार्यमा निकुञ्जका कर्मचारी,नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयहरुको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुञ्जले ४ ओटा समूह बनाएर चराहरुको सधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँहरुमा खटाइ सोमबार  बिहान ९ बजेदेखि ११ बजेसम्म गणना गरिएको रारा राष्ट्रिय  निकुञ्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराए ।

चार ओटै टोलीले ल्याएका चराहरुको संख्या,प्रजातिहरुलाई छुटाउँदा यो मौसममा साइबेरिया,मानसरोवरबाट चिसो छल्न  सोमबारसम्म कोम्मोन कोड(मरुल) १७८, टुप्टेड डक (कालिजुरे हाँस) ८१, खोया हाँस (३,हरियो टाउके हास १,सुनजुरे हाँस ११७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल ३९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए । 

घिमिरेकै अनुसार चिसो छ्ल्न सयौँ चराहरु कयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कयौँ चराको समूहबाट छुटेर,बाटो बिराएर,थाकेर  बाटोमै मृत्यु हुने गरेको र पुस,माघ महिनामा रारामा पुगेका पाहुना चराहरु  ४/५ महिनाको रारा बसाइपछि फर्किन्छन् ।

चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुञ्जमा २७२ प्रजातिका चराहरु पाइने यकिन गरिएको थियो भने यसमध्ये ४९ प्रजातिका चराहरु पानी चरा रहेका थिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन् । पाहुना चराहरु निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुट लगायतका चरा प्रशस्त  देख्न सकिन्छ।

तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चराहरु उक्लिने गरेका छन् । चराहरु राति बास बस्न ताल नजिकका ढुङ्गेओढार, रुखमा आउने गरेका छन् ।

मंसिर शुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला-साना चराचुरुङ्गी देखिनुका साथै चिरबिर चिरबिरको  आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ्ग रोकायाले बताए ।  

प्रत्यक वर्ष विश्वका विभिन्न चिसो ठाउँहरुबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् ।

कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराहरुको गणना गर्ने गर्दछ ।

rara-guest-birds (1).jpg
rara-guest-birds (2).jpg
rara-guest-birds (4).jpg
rara-guest-birds (5).jpg
rara-guest-birds (6).jpg
rara-guest-birds (7).jpg
rara-guest-birds (8).jpg
rara-guest-birds (9).jpg
rara-guest-birds (10).jpg
rara-guest-birds (11).jpg
rara-guest-birds (12).jpg
rara-guest-birds (13).jpg
rara-guest-birds (14).jpg
rara-guest-birds (15).jpg
rara-guest-birds (16).jpg
rara-guest-birds (17).jpg
rara-guest-birds (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ