arrow

‘ब्याटल अफ टाइटन्स-२’ आयोजना गर्दै नेविसंघ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । प्रतियोगिता काठमाडौँस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । 

नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिस्पर्धा गर्ने बताए । तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरूलाई सङ्घले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने बताए ।

यस प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । 

सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको बताए । प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ