arrow

पाकिस्तानविरुद्ध टस जितेर नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
u19-worldcup-np-pak-2024.jpg

काठमाडौँ ।  दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले टस जितेको छ । पाकिस्तानसँगको खेलमा टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको छ। 

खेल दिउँसो पौने २ बजेदेखि इन्ट लण्डनमा शुरु हुँदैछ । नेपाल समूह डीमा रहेको छ । पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो । 

यसअघिका दुवै भेटमा न्यूजिल्याण्डलाई पराजित गरेको नेपालले यसपालि भने ६४ रनको हार बेहोरेको थियो । 

त्यस्तै पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो समूहमा पाकिस्तानमा बलियो टिम मानिन्छ । 

तर न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै अर्को चरणमा पुगिसकेको छ । 

अर्को चरण प्रवेश सम्भावना राख्न नेपालले पाकिस्तानमाथि जित हासिल गर्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ