arrow

भारतको गणतन्त्र दिवसमा सैन्य शक्ति र विविध संस्कृति प्रदर्शन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
republic-day-india-2024-AFP.jpg

नयाँदिल्ली । भारतले शुक्रबार ७५ औँ गणतन्त्र दिवस मनाएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरिन् । 

सन् १९४७ अगस्त १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भए पनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक वर्ष जनवरी २६ मा भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

७५ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहस्थलमा राष्ट्रपति मुर्मू र प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । उनीहरूलाई राष्ट्रपति मुर्मूका अङ्गरक्षकको सुरक्षा घेरामा राष्ट्रपति भवनतर्फ लगिएको थियो । 

राष्ट्रपतिको अङ्गरक्षक भारतीय सेनाको सबैभन्दा शीर्षस्थ सैन्य इकाई हो । गणतन्त्र दिवसमा यस शीर्षस्थ सैन्य इकाइको भूमिकालाई विशेष मानिन्छ किनकि यसको स्थापना सन् १७७३ मा भएको र सेवाको २५० वर्ष पूरा गरेको छ ।

राष्ट्रपतिका सुरक्षागार्डका कमान्डेन्ट कर्णेल अमित बर्वाल राष्ट्रपतिको बग्गीको दाहिनेतिर चढेर घोडसवारहरूको यो प्राचीन सैन्य इकाईको नेतृत्व गरेका थिए । 

समारोहमा राष्ट्रगान बजाइएको थियो र राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । भारत भ्रमण गरौँ र प्रजातन्त्रकी जननी भारत भन्ने दुई नाराका साथ आयोजित समारोहमा चार दशकको अन्तरालपछि पुनरागमन भएको ‘परम्परागत बग्गी’ सवारीमा दुई राष्ट्रपतिलाई कर्तव्य पथबाट राष्ट्रपति कार्यलयतर्फ लगिएको थियो । 

यसपटकको सैन्य परेडमा पहिलो पटक महिला त्रिसैनिक दस्ताले भाग लिएको थियो भने १६ वटा राज्य र केन्द्र शासित प्रदेशले पनि सांस्कृतिक प्रस्तुति र झाँकीमार्फत् आफ्नो सम्पदा विविधता प्रदर्शन गरेका थिए ।

यसअघि परेडमा फ्रान्सेली सेनाको एक टुकडीले पनि भाग लिएको थियो । सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित आयोजित समारोह शुक्रबार नै समापन भएको छ । 

भारतको सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनपछि कर्तव्य पथमा सैन्य प्रदर्शनसहित राष्ट्रपति मुर्मू र गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि तथा उनका फ्रान्सेली समकक्षी म्याक्रोँलाई राष्ट्रपति भवनतर्फ लगेपछि गणतन्त्र दिवसको औपचारिक समारोह सम्पन्न भएको हो । 

गणतन्त्र दिवसका अवसरमा शुक्रबार देशभरी र देशबाहिर रहेका कुटनीतिक नियोग तथा समुदायले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् । 

republic-day-india-2024-AFP (1).jpg
republic-day-india-2024-AFP (2).jpg
republic-day-india-2024-AFP (3).jpg
republic-day-india-2024-AFP (4).jpg
republic-day-india-2024-AFP (5).jpg
republic-day-india-2024-AFP (6).jpg
republic-day-india-2024-AFP (7).jpg
republic-day-india-2024-AFP (8).jpg
republic-day-india-2024-AFP (9).jpg
republic-day-india-2024-AFP (10).jpg
republic-day-india-2024-AFP (11).jpg
republic-day-india-2024-AFP (12).jpg
republic-day-india-2024-AFP (13).jpg
republic-day-india-2024-AFP (14).jpg
republic-day-india-2024-AFP (15).jpg
republic-day-india-2024-AFP (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ