arrow

लक्ष्मी सन्राइज बैङ्क र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
LSBL-upper-seti-hydro-agreement.jpg

काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्क लिमिटेड र अपर सेती हाइड्रो प्रालिबीच माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ। कास्की जिल्ला स्थित सेती नदीमा २० मेगा वाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो।

सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैङ्कले जनाएको छ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ।

परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैङ्क एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धन-संस्थापकहरूको लगानी रहने छ। लक्ष्मी सन्राइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढवा दिने बैङ्कको योजनालाई अझ सार्थक बनाउने बैङ्कले विश्वास लिएको छ।।

२० मेगावाट क्षमताको सो आयोजना निर्माण पश्चात् वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैङ्कको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैङ्कको हरित ऊर्जा प्रवर्द्धन प्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ