arrow

उपभोग्य वस्तुहरूको 'लेभलिङ' स्पष्ट रूपमा हुनुपर्छ: मन्त्री रिजाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
ramesh-rijal-new.jpg

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताएका छन् ।  

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँगको छलफलका क्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। 

उनले उपभोग्य वस्तुहरूको ब्राण्डिङ र लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताए । वस्तुहरूको म्याद नाघ्ने मिति ठूल्ठूला अक्षरमा स्पष्ट रूपमा हुनुपर्ने बताए । उनले बजार अनुगमनमा स्थानीय तहको सहभागिता हुने भन्दै सजायको सन्दर्भमा पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सजायको मात्रा तोक्दा राम्रो हुने धारणा राखे । उनले साना स्तरका घुम्ती व्यवसायहरू स्थानीय तहले गर्दा गर्न सक्ने बताए ।

उनले भने – ‘साना स्तरमा घुम्ती व्यवसायहरू स्थानीय तहले दर्ता गर्दछ । दर्ता पनि भइरहेका छन् । बजार अनुगमनको विषयमा स्थानीय तह पनि भएको कारणले सजायको विषय पनि स्थानीय तहले आफ्नो लेभल जति छ गर्नुपर्ने उहाँहरूले नै सजायको लेभल तोकिदिए राम्रो हुन्छ । वस्तुहरूको लेभलसङको विषय, ब्राण्डिङको विषय यहाँहरूले उठाउनुपर्छ । त्यो हुनुपर्छ भन्ने मेरो मान्यता हो । हाम्रो मन्त्रालयको मान्यता हो । स्पष्ट रूपमा लेभलिङ हुनुपर्छ । र डेट अफ स्पाइरीको पनि स्पष्ट उल्लेख हुनुपर्छ । ठूल्ठूला अक्षरमा भए पनि मान्छेले पढ्न सक्ने गरी हुनुपर्छ भन्ने मलाई पनि लागेको छ ।’


मन्त्री रिजालले उद्योग दर्ता, खाद्य प्रशोधन, बजार अनुगमन र उत्पादित वस्तुहरूको गुणस्तर नियमनको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका बीचमा समन्वय हुन आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ