arrow

प्रधानमन्त्री कप क्रिकेट

दुई खेल अगावै पुलिस फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
gandaki-police-pm-cup.jpg
तस्बिर क्यानको फेसबुकबाट

काठमाडौँ। गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

 सोमबार लगातार सातौँ जित निकाल्दै पुलिसले १४ अङ्कसहित दुई खेलअघि नै फाइनलमा आफूलाई सुरक्षित राखेको हो । 

यससँगै यो सिजनमा पुलिस फाइनल पुग्ने पहिलो टिम बनेको छ । मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ३८.३ ओभरमा १७० रन बनाएको थियो । ४५ ओभरमा छोटाइएको खेलमा पुलिसले सो लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

पुलिसको जितमा रसिद खान एक्लैले ५ विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै करण केसीले २, ललितनारायण राजवंशीले २, र दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । 

ब्याटिङमा भने पुलिसका दीलिप नाथले ५७, अर्जुन साउदले नट आउट ४४, कुशल भुर्तेलले २२, शङ्कर रानाले १२, आरिफ शेखले नट आउट २७ रन बनाए । प्रेम तामाङ खाता नै नखोली पेभेलियन फर्किए । 

यता गण्डकीका लागि ब्याटिङमा अमृत गुरुङले ५० रन बनाए भने करण पङ्गेनी र कमल परियारले समान ३०-३० रन बनाए । समीर कँडेलले २९ रन र कृष ऐरले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो रनको स्कोर छुन सकेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ