arrow

सुदूरपश्चिममाथि आर्मी ९७ रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
army-pm-cup.jpg
तस्बिर क्यानको फेसबुकबाट

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ । कीर्तिपुर मैदानमा भएको नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेलमा आर्मीले ९७ रनले जितेको हो । 

आर्मीका लागि जितेन्द्र मुखिया एक्लैले ५ विकेट लिए । उनले ६.१ ओभर बलिङ गर्दै २ मेडनसहित १० रन मात्रै खर्चिए । त्यस्तै सोमपाल कामीले २ विकेट, साहव आलम, बासिर अहमद र साहब आलमले समान १-१ विकेट हात पारे । 

आर्मीका लागि ब्याटिङमा कुशल मल्लले ७५, सन्दीप रजाइली ३७, बासिर अहमद ३६, सोमपाल कामी ३१, सन्तोष कार्की ३०, साहब आलमले २१ रन बनाए । अन्यले दोहोरो अङ्क छुन सकेनन् । 

त्यस्तै सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६८ रन खर्चिए । नरेन साउदे ३ र विकास अग्रीले १ विकेट लिए । २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४०.१ ओभरमा १६५ रन मात्रै बनाउन सक्यो । 

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८ रन, शेर मल्लले २४, नरेन भट्टले १८, नारायण जोशीले १३, गजेन्द्र बोहराले १२ र प्रकाश पाण्डेले ११ रन बनाउन बाहेक अन्यले दोहोरा रनको स्कोर खडा गर्न सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ