arrow

बैंकको एटीएम फोड्न प्रयास गर्ने पौडेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
tikaram-poudel.jpg

पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास भएको छ । गएराति ११ः४५ बजे पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटरस्थित एनएमबि बैंकको एटीएम फोड्ने प्रयास भएको हो ।

एटीएम फोड्दै गरेको अवस्थामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घर भइ हाल पोखरा-१७ बिरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरि जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ