arrow

७५ वर्षमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
senoir-citizen.jpg

पथरी (मोरङ) । लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छन् । 

घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो । 

उनले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । 

बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमा समेत अशक्त रहेकी छन् । 

उनले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवासुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो । 

दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आएकी छन् ।

 उनको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उन नागरिकता पाउनबाट वञ्चित भएकी थिइन्। 

उनको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गरेकी छन् । 

एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताए । 

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताए । 

दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ