ताइवानको आकाशमा देखिए १५ चिनियाँ विमान, ३ नौसेना जहाजहरू
एजेन्सी,
प्रकाशित २०८० माघ २ मंगलबार
810
Shares
तस्बिर : फाइल
ताइपेई। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालय (एमएनडी) ले पछिल्लो २४ घण्टाको बीचमा १५ चिनियाँ सैन्य विमान र तीन नौ सैनिक जहाजहरू ताइवान वरपर ट्र्याक गरिएको पाएको छ।
१५ वटा पिपुल्स लिबरेशन आर्मी (पीएलए) विमानहरूमध्ये एउटा शान्सी वाई-८ एन्टी-सबमरिन युद्ध विमान र एउटा चिनियाँ ड्रोन ताइवानको वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) को दक्षिण पश्चिम क्षेत्रमा प्रवेश गरेको एमएनडीले जनाएको छ। त्यस समयमा कुनै पनि पीएलए विमानले ताइवान स्ट्रेट मध्य रेखा पार गरेको थिएनन्।
ताइवानले जवाफमा विमान र नौसेना जहाजहरू पठाएको र पीएलए गतिविधि निगरानी गर्न वायु रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो।
ताइवानको रक्षा मन्त्रालयले एउटा चिनियाँ बेलुन पनि ट्र्याक गरेको छ। पिंगटुङको उत्तर पश्चिममा ६ हजार ४०० मिटरको उचाइमा उक्त बेलुन ट्र्याक गरिएको र करिब एक घण्टापछि उक्त बेलुन हराएको थियो।
यो महिनासम्म बेइजिङले १२९ चिनियाँ सैन्य विमान र ६८ नौ सैनिक जहाज ताइवानको आसपास पठाएको छ। सेप्टेम्बर २०२० देखि, चीनले ताइवान वरिपरि सञ्चालन हुने सैन्य विमान र नौसेना जहाजहरूको सङ्ख्या बढाउँदै ग्रे जोन रणनीतिहरूको प्रयोग बढाएको छ।