arrow

क्यान्सर उपचारका लागि अमेरिका र युरोपमा प्रयोग भएको पद्धति भित्रियो नेपालमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
cancer-new-technology.jpg

काठमाडौँ । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिवार काठमाडौँमा एक कार्यक्रमका बीच क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको हो । 

अमेरिका र युरोपतिर प्रयोगमा ल्याइएको सो प्रविधि नेपालमा पनि उपयोगी हुने देखिएकाले आफूहरूले त्यसको प्रयोगशालाका सफलतापूर्वक परीक्षण कार्य सम्पन्न गरिएको सिआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । यसमा निकै महँगा खालका सामग्रीहरू जडान भएकाले यसको उपचार खर्च पनि धेरै हुने हुनाले नेपालको सन्दर्भमा सहज र सस्तो तरिकाले बिरामीहरूले त्यो प्रविधि उपयोग हुने गरी आफूहरूले योजना बनाउने काम गरिरहेको पनि उनले बताए । 

सो प्रविधिलाई नेपालमा सस्तो र सहज ढङ्गले उपलब्ध गराउनका लागि अमेरिका, जर्मनलगायतका मुलुकका सम्बन्धित निकायहरूसँग छलफल भइरहेको पनि सिआरएम नेपालले जनाएको छ ।

सिआरएम नेपालका सल्लाहकार डा. गौतमले भने, ‘अब यो जटिल प्रविधि हो । तापनि हामीले साहस बटुलेर हजुरहरूको साथ रहन्छ भन्ने उद्देश्यका साथ हामीले यो चिजलाई प्रयास गरिराखेका छौं । प्रयासस्वरुप हामीले सफलतापूर्वक ल्याबमा स्टाविलिस गर्न सफल भयौँ । ल्याबमा हामीले कार्टिसेल जडान गरेर बी सेल क्यान्सरलाई कील गर्छ भनेर डेटा चाहिँ अलिरेडी जेनेरेट गरेका छौं । अब त्यसको उद्देश्य के हो त ? भन्दा जुन प्रोटोकल हामीले स्टाविलिस गरेका छौं । त्यसलाई जिएमपी इन्भारोमेन्टमा लगेर प्यासेन्टका लागि प्रोड्युस गर्ने हो । त्यही भएर हाम्रो चाहिँ हरेक दिन इनोभेसनमा टाइम जान्छ । कुन तरिकाले गर्दा सस्तो र सजिलो पर्छ । त्यसमा हामीले सोचिरहेका छौं । यो उच्च प्रविधियुक्त भएको हुनाले हाम्रो देशमा यो सम्भव छ कि छैन भन्ने महत्त्वपूर्ण प्रश्न हो । अब हाम्रोमा कानून छैन । यो नयाँ पद्धति भएको हुनाले कानून छैन । हामीसँग ट्रेन जनशक्ति छैन ।’

रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको सो उपचार पद्धति नेपालमा प्रयोगमा ल्याउँदा नेपालमा वर्षेनी १ सय भन्दा बढी बिरामीहरू लाभान्वित हुने पनि चिकित्सकहरूले प्रक्षेपण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ