arrow

सहकारी ठगीदेखि नागरिकता कीर्तेसम्मकालाई कारबाहीसहित यी माग गरे गगनले [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
gagan-thapa-10-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीदेखि नागरिकता कीर्तेसम्मकालाई कारबाहीको माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले यी माग गरेका हुन् । महामन्त्री थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने बताएका छन् ।

नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने तर्क गरे । सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानूनी कारबाहीमा ल्याउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् । निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्ने कुरा मूर्खता शिवाय अरू केही नहुने उनको भनाई थियो ।

उनले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ