arrow

जेलबाटै हुलाकमार्फत भोट हाले इमरान खानले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

इस्लामबाद । जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पूर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन् ।

खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्रमार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।

हुलाकमार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह, महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन् ।

तर हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्थामा खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परेपछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।
 



लोकप्रिय समाचार
नयाँ