arrow

पाकिस्तानमा चुनावी तनाव

पाकिस्तानको निर्वाचनमा उतारचढावः नवाज शरिफ विजयी, खानको पार्टी केही अगाडि

धाँधली भएको शंका, मुख्य चुनाव आयुक्त बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
pakistan-election-2024-afp.jpg

इस्लामाबाद । पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टीले अग्रता बढाएको छ । पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) प्रारम्भिक अग्रता दिइरहेका ठाउँमा पछिल्लो समय नवाज शरिफ निकट पाकिस्तान मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले अग्रता बढाएको हो । 

प्रधानमन्त्री बन्ने तयारी गरिरहेका नवाज शरिफ, उनका भाइ शहबाज शरिफ र उनकी छोरी मरियम शरिफले आफ्नो क्षेत्रमा चुनाव जितिसकेका छन् । शरिफले लाहोरको एनए–१३०, शहबाजले लाहोरको पीपी–१५८ र मरियमले पीपी–१५९ सिटबाट जित हासिल गरेकी हुन् । 

पाकिस्तानी निर्वाचन आयोगका अनुसार इमरान खानको पीटीआईले २२, बिलावल भुट्टोको पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले २२ सिटमा र नवाज शरिफको  पीएमएल–एनले १८ सिट जितेको छ । अन्यले ४ सिट जितेका छन् । 

पाकिस्तानी मिडियाले पीटीआई १५४ सिटले अगाडि रहेको दाबी गरे पनि छिनछिनमा नतिजा उल्टिरहेको छ । 

मतगणनाका बीचमा यतिसम्म तनाव भइरहेको छ कि पाकिस्तानका मुख्य चुनाव आयुक्त बेपत्ता भएको खबर छ । योसँगै पाकिस्तानमा चुनावी षड्यन्त्रको शंका बढेको छ । 

यसअघि मुख्य चुनाव आयुक्त सिकन्दर सुल्तान राजाले सबै रिटनिङ अफिसरलाई आखिरी परिणाम दिनका लागि ३० मिनेटको समयसीमा दिएका थिए । 

३३६ सिट भए पनि अहिले २६६ सिटमा मतदान भएको छ । ७० सिट आरक्षित हुन् । जसमा ६० महिलाका लागि र १० गैरमुस्लिमका लागि आरक्षित रहेको हो । 

चुनाव जित्ने पार्टीले समानुपातिकका आधारमा सिट हासिल गर्नेछन् । चुनावमा १२ दल मैदानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ