arrow

पाकिस्तानको चुनावमा इमरानको पार्टी अगाडि, नवाज पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
imran-nawab-bilal.jpg

काठमाडौँ । पाकिस्तानमा बिहीबार भएको निर्वाचनमा इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई) समर्थक अगाडि रहेको छ । 

पाकिस्तानको निर्वाचन आयोगका अनुसार २६६ मध्ये १३९ सिटको नतिजा घोषित भइसकेको छ । जसमा पीटीआई समर्थकले ५५, नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–एन (पीएलएम–एन) ले ४३ तथा बिलावल भुट्टोको पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले ३५ सिट जितेको छ । अन्यले ४ सिट जितेका छन् । 

प्रधानमन्त्री बन्ने तयारी गरिरहेका नवाज शरिफ, उनका भाइ शहबाज शरिफ र उनकीछोरी मरियम शरिफले आफ्नो क्षेत्रमा चुनाव जितिसकेका छन् । शरिफले लाहोरको एनए–१३०, शहबाजले लाहोरको पीपी–१५८ र मरियमले पीपी–१५९ सिटबाट जित हासिल गरेकी हुन् । 

मतगणनाका बीचमा यतिसम्म तनाव भइरहेको छ कि पाकिस्तानका मुख्य चुनाव आयुक्त बेपत्ता भएको खबर छ । योसँगै पाकिस्तानमा चुनावी षड्यन्त्रको शंका बढेको छ । 

यसअघि मुख्य चुनाव आयुक्त सिकन्दर सुल्तान राजाले सबै रिटनिङ अफिसरलाई आखिरी परिणाम दिनका लागि ३० मिनेटको समयसीमा दिएका थिए । 

३३६ सिट भए पनि अहिले २६६ सिटमा मतदान भएको छ । ७० सिट आरक्षित हुन् । जसमा ६० महिलाका लागि र १० गैरमुस्लिमका लागि आरक्षित रहेको हो । 

चुनाव जित्ने पार्टीले समानुपातिकका आधारमा सिट हासिल गर्नेछन् । चुनावमा १२ दल मैदानमा छन् । इमरान खानको पार्टीको समर्थन बढेको भए पनि उनी भने थुनामा छन् । उनले थुनामै रहेर मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ