arrow

ज्यान मुद्धामा अफताब आलमविरुद्ध आजदेखि सुनुवाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
aftab-alam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ । 

ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसूरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो । 

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् । 

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो । पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते तत्कालीन रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । 

आलमले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ