arrow

नेपाल–क्यानडा श्रृंखला

क्यानडासँगको अन्तिम खेलमा टस जितेर नेपाल बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
nepal-canada-third-game.jpg

काठमाडौँ। नेपाल-क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेल जारी छ ।

 खेल आज बिहान ९ बजे शुरु भएको हो । खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । 

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी छ । क्यानडा टस हारेर ब्याटिङमा उत्रिएको छ ।

नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।

घरेलु मैदान कीर्तिपुरमा नेपालले दुई खेलमा क्यानडालाई हराउँदै तीन खेलको शृङ्खलामा पोल्टामा पारिसकेको छ । 

पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो । 

नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिएका थिए ।

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो । 

 दोस्रो खेल नेपालले ४ विकेटले जितेको हो । २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गरेको थियो।

सो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरेका थिए । 

त्रिवि क्रिकेट मैदानमा दुई सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । 

तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकालेको थियो । 

लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो। 

 नेपालले नामिबिया र  नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ