arrow

विराटनगरमा शंकास्पद वस्तु फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
Morang-hamrakura.jpg.jpeg

मोरङ ।  कोशी प्रदेशको विराटनगरमा शंकस्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो । 

शङ्कास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । 

खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ