arrow

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
ravi-lam.jpg

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन् । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित हुनुपरेको उल्लेख गरे । 

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा लुम्बिनी पुगेका सभापति लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने बताए । 

उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बाहनामा अब ढिला गर्न नहुने सुझाव दिए । 

सभापति लामिछानेले भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताए । 

रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदलयात्रा गरेको हो । सातवटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ