नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । यस शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ ।
नेपालले अर्को खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् ।
यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।