arrow

आईसीसी विश्वकप लिग-२

नामिबियाले जित्यो टस, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-vs-namebia.jpg

काठमाडौँ । आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नामिबियाले टस जितेको छ । 

टस जितेर नामिबियाले फिल्डिङ रोजेको छ ।  नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।  

नेपालले आजदेखि आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्दै छ । 

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग-२ खेल्नेछ ।

नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । यस शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ ।

नेपालले अर्को खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । 

आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् । 

यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ