arrow

आईसीसी विश्वकप लिग–२

नामिबियासँग हारेपछि रोहितले भने- शीर्ष क्रमका ब्याटरले जिम्मेवारी निभाउन सकेनन् [भिडियो]

शुरुमा दबाब झेल्न नसक्दा समस्या : प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
rohit-montey.jpg

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४-५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका छन् । आईसीसी विश्वकप लिग–२ (२०२४–०२७) को पहिलो खेलमा नामिबियासँग हार पछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताए ।

 उनले करिब ४५ मिनेट जति आफ्ना ब्याटरले धैर्यता राखेको भए पनि अवस्था फरक हुने उल्लेख गर्दै नामिबियाका बलरको पनि बलिङ तारिफयोग्य रहेको बताए । नामिबियाका बलरले पिचको कन्डिसनलाई राम्रोसँग प्रयोग गरेकाले सफलता पाएको रोहितको भनाइ छ । कप्तान रोहितले विशेषतः रुबेन ट्रम्पलमेन र डेब्युटेन्ट ज्याक ब्रसेलले राम्रो क्षेत्रमा कन्डिसनअनुसार बलिङ गरेको गरेको बताए ।

बलिङ राम्रो गरेपछि कन्डिसनमा पनि साथ पाएको रोहितले बताए । उनले तल्लो क्रमसम्म आफ्ना ब्याटर रहे पनि ब्याटिङ युनिटले पाएका अवसरलाई सदुपयोग गर्न नसकिएको धारणा राखे । राम्रो साझेदारी बनेपछि पनि त्यसलाई राम्रो स्थितिमा पनि पु¥याउन नसक्नुले पनि ब्याटिङमा समस्या बनेको उल्लेख गरे । एक दिवसीय क्रिकेटमा शीर्ष ४-५ ब्याटर महत्त्वपूर्ण रहने भएकाले उनीहरू छिटै पभेलियन फर्किँदा समस्या भएको बताए । 

नेपालका प्रशिक्षक मोन्टी देसाईले यो हारलाई अवसरका रूपमा लिएर लिनुपर्ने उल्लेख गर्दै शुरुमा दबाब झेल्न नसक्दा समस्या भएको बताए ।उनले खेलको अवस्था र पिच कन्डिसनलाई खेलाडीले राम्रोसँग बुझ्न नसकेको पनि धारणा राखे । त्यस कारण पनि शुरुमा नै खेलमा पछि परेको उनको बुझाइ छ । आजको खेल कन्डिसन पनि चुनौतीपूर्ण रहेको र त्यसलाई खेलाडीले बुझ्न नसकेको बताए । यद्यपि, यसबारे अब टोलीले काम गर्ने योजना पनि सुनाए। 

उनले भीम सार्की र कुशल मल्लको साझेदारी भने महत्त्वपूर्ण रहेको बताए । नामिबियाविरुद्ध २३०-२४० रनको योगफल भए त्यो पर्याप्त रहन सक्ने उल्लेख गरे । यो फरम्याटमा कहिलेकाहीँ तल माथि हुने र तर परिपक्वता देखाउनु नै महत्त्वपूर्ण रहने धारणा राखे । 

नामिबियाका कप्तान जेरार्ड इरास्मसले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्न सकिएको उल्लेख गर्दै टस जित्नु पनि आफूहरूका लागि केही फाइदा मिलेको बताए ।

 नेपाललाई एक सय ३२ रनमा रोक्नु नै सबैभन्दा ठूलो सफलता रहेको धारणा राखे । आफूहरूले नेपालका हरेक खेलाडीका लागि छुट्टै रणनीति बनाएर बलिङ नगरेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ