arrow

इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg
फाइल तस्बिर

इनरुवा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा-दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा-१ मा शुक्रबार स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे ।

“सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ”, उनले भने ।

फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा-५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साहलगायतको सहभागिता रहेको थियो ।

सहभागीले इनरुवा-दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ