arrow

कागेश्वरी मनोहरा पर्यटन महोत्सव फागुन ७ मा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
kageshwori-manahara-2080-11.jpg

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा पर्यटन महोत्सव आयोजना हुने भएको छ । नगरपालिकाको  वडा नम्बर १, कागेश्वरी धाममा आगामी सोमबार ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव २०८०’ आयोजना हुने भएको हो । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइएको हो । नगरप्रमुख उपेन्द्र कार्कीले २०७२ सालदेखि नियमित रुपमा गर्दै आएको जानकारी दिए । आयोजना कागेश्वरी मनोहरा नगरपालिकाको भए पनि कागेश्वरी मन्दिर व्यवस्थापन तथा पर्यटन विकास समितिले व्यवस्थापन गर्दै आएको छ । 

प्रमुख कार्कीले कागेश्वरी मनोहरा पर्यटनका लागि निकै नै प्रचूर सम्भावना भएको पालिका भएकाले यसलाई थप प्रचारप्रसारको आवश्यकता रहेको औँल्याए । 

उनले भने, ‘मूलतः कागेश्वरी मनोहरा धार्मिक, पर्यटकीय हिसाबले एउटा अत्यन्त पर्यटकीय सम्भावना बोकेको नगरपालिका हो । करिब २८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका काठमाडौंँ महानगरबाट पेप्सीकोला क्षेत्रबाट जोडिएर आउँछ भने गोकणेश्वर, चाँगुनारायण, मध्यपुर र शंखरा नगरपालिकासँग पनि जोडिएको छ । उपत्यकाकै अग्लो भूभाग शिवपुरी क्षेत्र तीन हजार वर्ष पुरानो जल भण्डार रहेको क्षेत्र पनि हो । एउटा हाम्रो राष्ट्रिय निकुञ्जको क्षेत्र पनि हो । त्यो पनि यो नगरपालिकाको सिरानी भागमा पर्दछ । बागमती नदी र मनोहरा नदीको किनारामा कागेश्वरी मनोहरा रहेको छ । यसरी हेर्दा पर्यावरणीय हिसाबले पनि संवेदनशील र एउटा महत्वपूर्ण नगरपालिका हो भन्ने कुरा बुझ्न सक्दछौँ ।’

भगवान् शिवको कष्टप्रद समयकोसमेत यो भूमि साक्षी रहेको उल्लेख गर्दै उनले भने, ‘शिवजीले पार्वतीलाई पार्वतीको देहावशान भैसकेपछि विक्षिप्त भएर उहाँको शरीरलाई बोकेर हिँड्दै गर्दा अंगपतन भएको अर्को एउटा महत्वपूर्ण ठाउँलाई कागेश्वरी धामको रुपमा पनि हामी लिन्छौँ । त्यहाँ बर्सेनि कागे अष्टमीको दिन देशभरबाट लाखौँ दर्शक दर्शन गर्न आउने चलन पनि छ । कागको दोष भएमा दोष निवारणको लागि पनि मानिसहरु स्नान गर्न आउने चलन छ । नगरपालिकाले यसलाई पनि पर्यटकीय हिसाबले प्रबर्धन गर्ने विविध कामहरु हामीले गरिरहेका छौँ ।’

यतिमात्र नभइ रामजानकी मन्दिर, कुलमतेश्वर धाम, चम्पक विनायक गणेश मन्दिर, भैरव मन्दिर लगायतका मठमन्दिरहरु पनि आकर्षणको केन्द्र बनेको प्रमुख कार्कीले उल्लेख गरे । 

उनले पर्यटकीय नगर भएकाले कसरी प्रबर्धन गर्ने भनेर लागिरहेकोसमेत बताए । उत्पादसँग पनि कागेश्वरीलाई जोड्न खोजिएको छ । उनले भने, ‘कागेश्वरीलाई कसरी उत्पादनसँग जोडेर जाने भन्ने विषयमा पनि हामीले विभिन्न अभ्यास गरिरहेका छौँ ।’

यसअघि समितिले व्यवस्थापन गर्दै आएकामा अबदेखि सबै अपनत्व नगरपालिकाले लिने गरी सबै नौ वडालाई विभिन्न जिम्मेवारी दिएर यो महोत्सवलाई सफल गर्नका लागि लागिपरेको नगरप्रमुख कार्कीले बताए । 
 

kageshwori-manohara-pressmeet (1).jpg
kageshwori-manohara-pressmeet (2).jpg
kageshwori-manohara-pressmeet (3).jpg
kageshwori-manohara-pressmeet (4).jpg
kageshwori-manohara-pressmeet (5).jpg
kageshwori-manohara-pressmeet (6).jpg
kageshwori-manohara-pressmeet (7).jpg
kageshwori-manohara-pressmeet (8).jpg
kageshwori-manohara-pressmeet (9).jpg
kageshwori-manohara-pressmeet (10).jpg
kageshwori-manohara-pressmeet (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ