arrow

विश्वकप लिग-२ मा आज नामिबिया र नेदरल्याण्ड भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
namabia-netherland.jpg

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । 

बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग २ मा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो । 

नेदरल्याण्ड आजको खेलमा जित निकाल्दै अङ्क बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ