arrow

नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
namabia-netherland.jpg

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड विजयी भएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो । 

नेदरल्याण्डले ७ विकेटले नामिबियालाई हरायो । नेदरल्याण्डको जितमा आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिएर ६ विकेट लिएका हुन् । 

त्यस्तै नेदरल्याण्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए । १२४ रनको सामान्य लक्ष्य पाएको नेदरल्याण्डका लागि ब्याटिङमा मिचेल लेभिटले ५७ रन बनाए भने म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए । 

नामिबयाका लागि गेरहार्ड इरासमुसले ७ ओभर बलिङ गर्दै २३ रन खर्चिएर तीन विकेट लिए । ब्याटिङमा जेजे स्मिथले सर्वाधिक २६ रन बनाए भने जेन ग्रिनले १९, रुवेन ट्रम्पलम्यानले २० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । जितसँगै नेदरल्याण्डले पनि लिग टु को यस सिजनको खेलमा पहिलो अङ्क जोडेको छ । 

अङ्क तालिकामा नेपाल, नामिबिया र नेदरल्याण्ड तीन टोलीले नै समान २-२ अङ्क जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र नामिबियाबीच बुधवार खेल हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ