arrow

क्यानडाविरुद्ध नेपाल 'ए' टस जितेर बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
nepal-canada.jpg

काठमाडौँ ।  नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । 

कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा नेपाल ‘ए’ले जित हासिल गर्ने उद्देश्यका साथ खेल्दैछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकटले पराजित भएको थियो ।
 
नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप जोरासँगै अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल छन् ।

 त्यस्तै बेन्चमा भने सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया र प्रतिश जिसी छन् । 

 क्यानडाको प्लेइङ–११ म भने कप्तान साद बिन जफरसहित आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त र ओमार खालिद छन् । 

बेन्चमा दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह र इश्वरजोत सोही छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ