arrow

काठमाडौं आइपुगे देशभरका लघुवित्त पीडित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
meter-byaji-pidit.jpg

काठमाडौँँ । देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् ।  उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौं प्रवेश गरेका हुन् । 

काठमाडौँमा मङ्गलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । 

उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए ।

उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार विहीन बनाए, कसैलाई जग्गा लुटेर बैङ्कमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’

लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिले बुधवारबाट काठमाडौं लक्षित आन्दोलन गर्ने बताएको छ ।



लोकप्रिय समाचार
नयाँ