arrow

आईसीसी विश्वकप लिग २

नामिबियालाई हराउने रणनीतिका साथ मैदानमा उत्रँदै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
nepal-namibia-2024-02-15-ca.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । 

पहिलो खेलमा पराजय व्यहोरेको नेपाल आज नामिबियालाई हराउने रणनीतिका साथ मैदान उत्रिनेछ । 

दोस्रो खेलमा भने नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । नामिबियाले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग पराजय व्यहोरेको थियो । 

आज सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल नामिबियासँग पराजयको बदला लिने अठोटका साथ मैदान उत्रिनेछ । 

त्रिकोणात्मक शृङ्खला तीन देशले समान १-१ जित हासिल गरेका छन् । आजको खेल जित्दै नेपाल अङ्क तालिकाको शीर्ष स्थानमै कायम रहन चाहन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ