arrow

कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक समापन गर्दै देउवाले यसो भने [भिडियो]

महासमिति बैठकले पार्टीलाई वैचारिक रूपले समृद्ध र सङ्गठनात्मक रूपले सबल बनाएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपमा समृद्ध र सङ्गठनात्मक रूपमा सबल बनेको बताएका छन् । बिहीबार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपले समृद्ध र सङ्गठनात्मक रूपले सबल भएको सन्देश प्रवाह भएको बताएका हुन् । 

उनले पार्टी अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए । उनले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्ने विश्वास व्यक्त गरे । उनले महासमिति बैठकपछि नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताए । सभापति देउवाले कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताए ।

उनले भने – ‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन् । हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ । र सक्छौँ भन्ने तथ्य यो बैठकले परिणत गरेको छ । देशभित्र मात्रै होइन नेपाली कांग्रेसले गर्ने नीतिगत निर्णयहरू अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो महत्त्व राख्दछ । नेपाली कांग्रेस देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो । हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ । महासमितिको बैठकबाट देश भित्र र बाहिर रहनुभएका सबै नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छ भन्ने मैले विश्वास गरेको छु । नेपाली कांग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्र हितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो । यो नेपाली कांग्रेसलाई वैचारिक रूपले समृद्ध, सङ्गठनात्मक रूपले सबल, अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश प्रवाह भएको छ । यो बैठक नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्नेछ भन्ने विश्वास लिएको छु ।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरूलाई आगामी केन्द्रीय समिति बैठकमा छलफल गरी प्रतिवेदनहरूलाई परिमार्जन गरिने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ