arrow

संसद अवरुद्ध, भयो स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
parliament-80-11-11c.jpg

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठक तनावपूर्ण बनेको छ । सांसदहरुले एक अर्का दलका सांसदहरुमाथि आरोप प्रत्यारोप गरेपछि तनाव सिर्जना भएको हो । 

जसका कारण बैठक एक घण्टा पनि सञ्चालन नभइ स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे पनि विपक्षका सांसदहरुले बालकुमारी घटनाका दोषीलाई कारबाही नगरेको भन्दै संसद अगाडि बढ्न नदिने बताएका छन् । 

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले संसद अगाडि बढ्न नदिने बताए । त्यसैगरी एमालेका सांसदहरुले सरकार गैरजिम्मेवार बनेको भन्दै संसद अगाडि बढ्न नदिने बताएका हुन् । 

त्यसअघि नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्ष दलका सांसदहरु गैरजिम्मेवार बन्दा बिहीबारको विधेयक पेश हुन नसकेको बताएपछि उनीमाथि विपक्षी सांसदहरु खनिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ