arrow

एक-एक खेल जितेका नेपाल र नेदरल्याण्ड भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
cricket-nepal-netherlands.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग २ को नेपाल सिरिजअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदैछ । 

आज बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । 

तीन खेलमध्ये एक-एक खेल जितेका नेदरल्याण्ड र नेपाल आज एक अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिँदै छन् । 

नामिबिया भने चारमध्ये तीन खेलमा जित हासिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । 

नेदरल्याण्डले नामिबिया र नेपालले नेदरल्याण्डमाथि जित हासिल गरेको थियो । 

यसअघिको खेलमा नेदरल्याण्डलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ