arrow

विश्वकप लिग–२ 

नेपाल र नेदरल्याण्ड्स मैदानमा, नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
nepal-netherlands-25.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत काठमाडौँमा जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । 

त्रिदेशीय श्रृंखलामा नामिबियाले ३ जितबाट ६ अंकसहित शीर्ष स्थान हासिल गरेको छ । नामिबियाले लिग– २ को पहिलो श्रृंखला पनि जितेको छ ।

त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको समान २ अंक छ । आजको खेल जित्ने टिमको ४ अंक हुनेछ र तालिकाको दोस्रो स्थानमा रहने छ । 

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एक दिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।  

यसै श्रृंखलामा नेपालले नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गरेका कारण आजको खेलमा पनि नेपाल हावी हुने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ