arrow

आईसीसी विश्वकप लिग-२ 

अन्तिम खेलमा टस हारेर नेपाल ब्याटिङमा, नेदरल्याण्ड बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
cricket-nepal-netherlands.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले टस हारेको छ । 

टस हारेर नेपाल नेदरल्याण्डविरुद्ध ब्याटिङमा उत्रिएको छ । 

टस जितेको नेदरल्याण्ड बलिङ रोजेको छ । 

 नेपाल सिरिजअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नेदरल्याण्डबीच यो अन्तिम खेल हो ।

नेदरल्याण्डले नामिबिया र नेपालले नेदरल्याण्डमाथि जित हासिल गरेको थियो । 

यसअघिको खेलमा नेदरल्याण्डलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।

नामिबिया भने चारमध्ये तीन खेलमा जित हासिल गर्दै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ । 

 तीन खेलमध्ये एक-एक खेल जितेका नेदरल्याण्ड र नेपाल आज एक अर्कालाई हराउने लक्ष्य लिएका छन् । 

नामिबिया र नेदरल्याण्डबीचको अन्तिम खेल बाहेक यो शृङ्खलामा टस जितेर बलिङ रोजेका टोलीले खेल जितेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ