arrow

प्रतिनिधि सभाको बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार

काठमाडौँ ।  सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बैठकको शुरुआतमै नेकपा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाही नभएसम्म संसद अगाडि बढ्न नदिने बताएर विरोध गरे ।

मिटरब्याजीको बेथा, दूधका किसानले मूल्य नपाएको लगायतका  विषयमा खेलाँची भएको भन्दै एमालेले आक्रोश पोखेको हो । 

राप्रपाले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । माग पूरा नभए अर्को बैठक अगाडि बढ्न नदिने अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् । 

साथै राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ