arrow

सरकारले जवाफ दिने भएसँगै संसद अवरुद्ध हट्यो [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार

काठमाडौँ । सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ । प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधि सभाको सोमबारको बैठक अवरुद्ध गरेपछि आगामी फागुन १८ गते बस्ने बैठकमा सरकारले जवाफ दिने भएको हो । 

सोमबार बिहान १५ मिनेट प्रतिनिधि सभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएपछि बैठक निरन्तर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ