arrow

छ सय २० किलो गाँजासहित ट्रक र चालक नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
nepal-police12.jpg

मलेखु। धादिङको गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ सय २० किलो गाँजा बरामद गरेको छ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको छ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो । 

पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ