arrow

भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात–निर्यात प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
custom-office-bhairahawa.jpg

भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । 

सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आसिकोडाले काम नगर्दा आयात निर्यात नभएको भन्सार एजेन्ट महासंघ नेपालका सचिव कृष्णप्रसाद घिमिरेले बताए ।

सर्भर डाउन हुने समस्या अहिलेको मात्रै होइन । बेला बेलामा सर्भर डाउन हुने गर्छ । सर्भर डाउन हुँदा आसिकोडा सफ्टवेयर चल्दैन । सफ्टवेयर नचलेपछि आयात निर्यातको कामै ठप्प हुन्छ । यस्तो गम्भीर विषयमा कार्यालय र विभाग कहिले पनि जिम्मेवार देखिने नगरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका घिमिरेले बताए ।

आयात निर्यात प्रभावित हुनु भनेको राजश्व प्रभावित हुनु हो । समयमै आयात निर्यात नहुँदा राज्यको दैनिक राजश्व संकलन प्रभावित हुन्छ। अर्कोतर्फ व्यवसायीले यातायात शुल्क, पार्किङ शुल्कलगायतका अन्य शुल्कको भार बहन गर्नुपर्ने घिमिरेको भनाइ छ।

आयात निर्यातका कुनै काम हुन नसकेको गुनासो व्यवसायीबाट आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । भन्सार नाकामा हुनुपर्ने चुस्तता नदेखिएको श्रेष्ठले प्रतिक्रिया दिए। प्रविधि र पूर्वाधार निर्माणमा सुस्त देखिएको उनको भनाइ थियो।

आधुनिक एवं डिजिटल प्रविधि चुस्त नहुँदा आयात निर्यातका काममा निकै समस्या र चुनौती थपिँदै गएको छ। यस्ले राजश्स्वमासमेत प्रभाव पारेको श्रेष्ठले बताए। सर्भर डाउन हुने र आसिकोडा सफ्टवेयरले काम नगर्ने समस्या देशभरका भन्सार कार्यालयको समस्या हो।

 सरकारले २०७८ माघ १२ गतेदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको थियो विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुम अनलाइन प्रणाली आसिकोडा लागु गरेक थियो ।

भन्सार नाकालाई प्रविधिको माध्यमबा चुस्त बनाइ नाकामा व्यापारलाई सहजीकरण गर्ने उत्कृष्ट अनलाइन प्रणाली आसिकोड लागु गरे पनि सर्भर डाउन भएर काममा सुस्तत आइरहेको व्यवसायीको भनाइ छ।

आसिकोडा प्रणाली विश्वका ९० बढ देशले लागु गरेका छन् । जसमा नेपालक भन्सार पनि जोडिएको छ। सीमा नाकाबाट सामान आएदेखि जाँचपास, प्रमाणीकरणसम्मक काम त्यहाँ सिस्टमले डिजिटल रूपमै गर्ने हुँद अन्य सफ्टवेयरको आवश्यकता नहुने अपेक्ष व्यवसायीको थियो।

भैरहवा भन्सार कार्यालयक प्रमुख भन्सार अधिकृत नारद गौतमले यो सभी डाउन र आसिकोडा नचल्ने समस्या केन्द्रबाट भएको तथा भैरहवा भन्सार कार्यालयका सबै प्रविधिले काम गरिरहेको दाबी गरे ।



नयाँ