arrow

तीन दलद्वारा संसदमा नाराबाजी, मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

२१ गतेको बैठकमा उपस्थित हुन सरकारलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
3-daal-birodh.jpg

काठमाडौँ । नेकपा एमालेसहित राप्रपा र रास्वपाले प्रतिनिधि सभाको बैठक नाराबाजी गरेको छ । 

विवादित मन्त्रीहरूलाई कारबाही गर्न माग गर्दै तीन दलले बैठक अवरोध गरेको हो । 

उनीहरुले मन्त्री र प्रधानमन्त्री ले जवाफ दिनुपर्ने माग गरेका छन् ।  

तीन दलका सांसदहरूले बैठकको शुरुआतदेखि नै नाराबाजी गरेका थिए । 

राप्रपासँगै रास्वपाले पनि विरोध गरेको छ । दुग्ध पीडित किसान र बैक तथा वित्तीय समस्या ध्यानाकर्षण गराएको छ । 

रुस सेनामा भर्ती भएका नेपालीहरूको विषयमा पनि सरकार आँखा भएर पनि नदेख्ने कान भएर पनि नसुन्ने भएर बसेको अध्यक्ष राजेन्द्र लिङदेनले आरोप लगाए  । 

सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालन गर्न दिन आग्रह गरेपछि बैठक संचालन भइरहेको छ । 

यस अघि नै बैठकमा उपस्थित भई जवाफ दिन सरकारलाई जानकारी गराइ सकेको उनले बताए । 

फागुन २१ गतेको बैठकमा उपस्थित हुन सभामुखले सरकारलाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ